रामकुमार परियार

बुधबार, पौष १७, २०८१ || 2522  पटक पढिएको

मोरङ। नेपाल पत्रकार महासंघको निर्वाचनमा नेपाल प्रेस युनियनबाट निर्वाचित भएका कोशी प्रदेशका सञ्चारकर्मीहरूलाई सम्मान गरिएको छ। नेपाली कांग्रेस कोशी प्रदेशको सूचना, सञ्चार तथा प्रचारप्रसार विभागले बुधबार विराटनगरमा आयोजित एक कार्यक्रममा १४ जिल्लाका विभिन्न तहमा निर्वाचित ८० जना सञ्चारकर्मीलाई सम्मान गरेको हो।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सिटौलाले लोकतन्त्र र प्रेसबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताए। उनले नेपालको हरेक राजनीतिक परिवर्तनमा प्रेसले महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गराउँदै सञ्चारकर्मीहरूप्रति आभार प्रकट गरेका थिए।

नेपाली कांग्रेस कोशी प्रदेशको सूचना, सञ्चार तथा प्रचारप्रसार विभागका संयोजक बाबुराम कोईराला (बासु) को सभापतित्वमा रहेको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू डिला संग्रौला, भिम पराजुली, राजीव ढुंगाना, प्रदेश र जिल्लाका पदाधिकारीहरू सहित प्रदेश सरकारका मन्त्रीहरू उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!