हिपमत डटकम

आइतबार, पौष १४, २०८१ || 7098  पटक पढिएको

कोशी प्रदेशमा पर्यटन वर्ष २०८२ को औपचारिक शुभारम्भ भएको छ । प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले आइतबार सचिवालयको उद्घाटन गर्दै यस वर्षलाई पर्यटन प्रवर्द्धनको वर्षका रूपमा मनाउने घोषणा गरेका हुन् ।

मन्त्री मण्डलले पर्यटन वर्षलाई सफल बनाउन निजी क्षेत्रको पनि सक्रिय सहभागिता आवश्यक रहेको भन्दै भविशकुमार श्रेष्ठ र कृष्णकुमार साहलाई सचिवालयको सह–संयोजकमा मनोनयन गरेका छन् । यससँगै, सचिवालयले आजैबाट पर्यटन गतिविधिलाई अगाडि बढाउने काम सुरु गरिसकेको छ ।

कोशी प्रदेश सरकारले यस वर्ष भारतको सिक्किम, विहार र उत्तर प्रदेशबाट १६ लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्य राखेको छ । यसका लागि प्रदेश सरकारले आवश्यक पूर्वाधार निर्माण र प्रचारप्रसारमा जोड दिने भएको छ ।

कोशी प्रदेश सरकारले पर्यटन वर्षका लागि १० करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । यो बजेट कर्मचारी व्यवस्थापन, भौतिक पूर्वाधार निर्माण, प्रचार प्रसार लगायतका विभिन्न गतिविधिमा खर्च गरिनेछ ।

 

पर्यटन वर्ष २०८२ को औपचारिक उद्घाटन समारोह आगामी वैशाख १ गते तेह्रथुम जिल्लाको लालिगुँरासको राजधानी तिनजुरे मिल्केमा हुनेछ । यस कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थिति रहनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
hipamatmedia@gmail.com

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!