बिराटनगरको गौरव ललित राजबंशीलाई महानगरको सद्भावना दूत बनाउन माग

राजेश गुप्ताको अपिलले चर्चामा ल्यायो राष्ट्रिय क्रिकेटरको योगदान

बीरेन्द्रकुमार साह

शुक्रबार, पौष १२, २०८१ || 3566  पटक पढिएको

बिराटनगर।नेपाली राष्ट्रिय क्रिकेट टोलीका चम्किला खेलाडी ललित राजबंशीलाई बिराटनगर महानगरपालिकाको ब्रान्ड एम्बेसडर वा सद्भावना दूत बनाउनु पर्ने माग अघि सारिएको छ। नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमितिका कोषाध्यक्ष तथा युवा नेता राजेश गुप्ताले आफ्नो सामाजिक सञ्जालमार्फत यो अपिल सार्वजनिक गर्दै ललित राजबंशीको संघर्ष, समर्पण, र योगदानलाई सम्मान गर्न महानगरपालिकालाई आग्रह गरेका छन्।

राजबंशीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदर्शन गरेको उत्कृष्टता र बिराटनगरको पहिचान प्रवर्द्धनमा खेलेको भूमिकालाई गुप्ताले “बिराटनगरको सम्पत्ति” भनी चित्रण गरेका छन्।

गुप्ताले भने, “ललितको योगदानलाई मनन गर्दै महानगरपालिकाले उनलाई सद्भावना दूत वा ब्रान्ड एम्बेसडर नियुक्त गर्नुपर्छ। यो कदमले न केवल ललितको प्रेरणादायी यात्रालाई सम्मान गर्नेछ, बरु खेलकुदमा लाग्ने नयाँ पुस्तालाई पनि हौसला प्रदान गर्नेछ।”

ललित राजबंशीले नेपालको लागि क्रिकेटमा उल्लेखनीय प्रदर्शन गर्दै देशको गरिमा बढाएका छन्। बिराटनगरको स्थानीयस्तरदेखि अन्तर्राष्ट्रिय मञ्चसम्म उनले आफूलाई एक उत्कृष्ट खेलाडीको रूपमा स्थापित गरेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!