हिपमत डटकम

सोमबार, पौष ०८, २०८१ || 4692  पटक पढिएको

बिराटनगर। बिराटनगरको महेन्द्र चोकस्थित पारस अस्पतालले आइतबार एक भव्य समारोहबीच वरिष्ठ परामर्शदाता फिजिसियन डा. सैयद वकार अहमदलाई हार्दिक स्वागत गरेको छ। डा. अहमदको आगमनले अस्पतालको उपचार सेवामा थप गुणस्तर र विश्वास बढ्ने अपेक्षा गरिएको छ।

समारोहमा धनपालथानकी उपप्रमुख नसिमा बानोले पारस अस्पतालले गरिब तथा विपन्न वर्गका बिरामीहरूलाई निःशुल्क तथा छुटमा उपचार सेवा प्रदान गर्दै आएकोमा प्रशंसा व्यक्त गरिन्। उनले अस्पतालको यो प्रयासलाई अझ प्रभावकारी बनाउन शुभकामना दिइन्।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत हेम नारायण मेहताले पारस अस्पतालले अन्य अस्पतालको तुलनामा विशेष ध्यान सरसफाइमा दिने र यसमा कर्मचारीहरूको महत्वपूर्ण भूमिका रहेको बताए। उनका अनुसार सरसफाइले बिरामीको स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउँछ।

अस्पतालका अध्यक्ष तथा जनरल सर्जन डा. सफिउर रहमानले पारस अस्पतालले दुई वर्षको छोटो अवधिमा प्राप्त गरेको सफलताको श्रेय सबैको साथ र सहयोगलाई दिए। ठूला विशेषज्ञ चिकित्सकहरूको आबद्धता र उन्नत सेवाका कारण पारस अस्पतालले आगामी दिनमा प्रदेशकै अग्रणी अस्पताल बन्ने सम्भावना रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!