हिपमत डटकम

आइतबार, पौष ०७, २०८१ || 1498  पटक पढिएको

विराटनगर। पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस जनता आदर्श बहुमुखी, जनसंख्या तथा विकास केन्द्र र कलेज अफ लमा पञ्चदिवसीय खेल कार्यक्रम शुरू भएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयको वार्षिकोत्सवका अवसरमा आइतवारदेखि पञ्चदिवसीय खेल कार्यक्रम शुरू भएको हो । खेल कार्यक्रम पुस ११ गतेसम्म सञ्चालन हुनेछ । पञ्चदिवसीय खेल कार्यक्रममा समूहगत खेलतर्फ भलिवल, फुटवल, क्रिकेट, कबड्डी र डोरी तान प्रतियोगिता आयोजना हुनेछन् भने व्यक्तिगत खेलतर्फ टेबल टेनिस, चेस, सर्ट फुट, व्याडमिन्टन र एक सय मिटर दौड प्रतियोगिता हुनेछ । सबै खेलहरू छात्र र छात्राहरूको सहभागिता रहेको छ ।

विद्यार्थीहरूको मानसिक र शारिरीक विकासका लागि खेलकुद आवश्यक रहेकोले विद्यार्थीहरूको सर्वाङ्गिण विकासका लागि क्याम्पसले पञ्चदिवसीय खेल प्रतियोगिताको आयोजना गरिएको क्याम्पस प्रमुख महेश प्रसाद निरौलाले जानकारी दिनुभयो । विजयी खेलाडीहरूलाई सरस्वती पूजाको दिन पुरस्कृत गरिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!