हिपमत डटकम

आइतबार, पौष ०७, २०८१ || 234  पटक पढिएको

सरिता कर्मकार,विराटनगर। विराटनगरका एक उपभोक्तले भारतकाे जाेगबानीबाट किनेर ल्याएकाे चामल गुणस्तरहीन भएकाे आशंका गरिएको छ। जोगबनीबाट ल्याइएको “किचन किंग” ब्राण्डको चामल पकाएपछि डल्लो बनाएर उफार्दा टेनिस बलजस्तै बाउन्स हुने गरेपछि चामल गुणस्तरहीन हुन रहेकाे आशंका गरिएको हाे।

चामल प्लास्टिक बाट तयार पारिएको आशंकाले चामलकाे गुणस्तर परीक्षाका लागि पठाइएकाे छ । उपभोक्ता दिपेश साहले केही दिन अघि साे चामल जोगबनीबाट किनेर ल्याएका थिए। उनले यो चामल खाएपछि पेट दुख्ने, कब्जियत हुने र शौचालय जाँदा समस्या हुने गरेको बताएका छन्।


खुल्ला सिमानाका कारण भारतबाट आयात गरिने खाद्य सामग्री गुणस्तर परीक्षण नगरी बिक्री वितरण हुँदै आएको छ।सिमा क्षेत्रबाट अबैध रुपमा दैनिक ठुलाे परिमाणमा खाध्यन्न नेपाल भित्रिने गरेकाे छ ,तर प्रहरीले अबैध रुपमा नेपाल भित्रने खाध्यन्न सामाग्री नियन्त्रणमा कडाइ गर्ने सकेकाे छैन।जसका कारण विराटनगरमा गुणस्तरहीन खाध्यन्न सहजरुपमा भित्र्याउने गरेपनि खाद्य तथा गुणस्तर विभागले पनि प्रभावकारी निगरानी नगर्दा उपभोक्तहरु गुणस्तरहीन खाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!