हिपमत डटकम

आइतबार, पौष ०७, २०८१ || 2601  पटक पढिएको

बिराटनगर । गायक सामिर विकको नयाँ म्युजिक भिडियो ‘भन तिमीले के पायौं’ ले दर्शकको मन जितेको छ । पूर्वाञ्चल म्युजिक युट्युब च्यानलमा सार्वजनिक भएको यस भिडियोमा बरिष्ठ कलाकार नरेन्द्र सेन्दाङ र जेनी सेनले मुख्य भूमिका निभाएका छन् । सहायक भूमिकामा हुसेन शेखलाई पनि देख्न सकिन्छ।

प्रेम र प्रेममा पाएको धोकाको भावनालाई समेटिएको यो भिडियोलाई पत्रकार तथा निर्देशक सन्तोष बास्तोला (अशिक कुमार)ले निर्देशन गरेका हुन्। झापाको रमणीय दोमुखा क्षेत्रमा छायांकन गरिएको भिडियोले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको निर्देशक बास्तोलाले बताए।

अमेरिकामा बसोबास गर्ने कलाकार नरेन्द्र सेन्दाङले नेपाल आएर नेपाली चलचित्र तथा म्युजिक भिडियोमा सक्रिय रूपमा काम गर्दै आएका छन्। कला र समाजसेवामा समर्पित सेन्दाङले नेपाल तथा अमेरिकामा बसेर सयौँलाई सहयोग गरेका छन्। उनले कला र कलाकारप्रतिको माया कहिल्यै नभुल्ने बताएका छन्।

हाल साउदी अरबमा रहेका गायक सामिर विकले नेपाली संगीत क्षेत्रमा दुई दर्जनभन्दा बढी गीत गाइसकेका छन्। विदेशमा रहँदा पनि संगीतप्रतिको उनको लगाव कायमै छ। नेपाल आउँदा नयाँ गीत रेकर्ड गर्ने गर्छन्।

सन्तोष रजकको छायांकन रहेको यस भिडियोलाई जानकी मिडिया प्रालिले निर्माण गरेको हो। दुई विदेशी कलाकारको कला र नेपाली संगीतप्रतिको प्रेमलाई समेटिएको यो भिडियोलाई पूर्वाञ्चल म्युजिक युट्युब च्यानलमा हेर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!