हिपमत डटकम

शनिबार, पौष ०६, २०८१ || 855  पटक पढिएको

विराटनगर।सखुवासभाको चिचिला गाउँपालिकाले प्रकाशित गरेको ‘चिचिला अन्तर्राष्ट्रिय सांस्कृतिक सम्मेलन–२०८१’ नामक स्मारिका विमोचन गरिएको छ ।संखुवासभामा आयोजित कार्यक्रममा कोशी प्रदेशका भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले स्मारिकाको विमोचन गरे । चिचिला गाउँपालिकामा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त साहित्यकार ताराबहादुर बुढाथोकीले सम्पादन गरेको उक्त स्मारिकाले चिचिला गाउँपालिकाको परिचय अन्तर्राष्ट्रियस्तरमा पुग्ने कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मन्त्री राईले बताए ।

स्मारिकाको परिकल्पना, संयोजन, संकलन तथा सम्पादन पाख्रिबासे कान्छो नामले समेत परिचित साहित्यकार बुढाथोकीले गरेका हुन् ।गाउँपालिका अध्यक्ष पासाङ नूर्वू शेर्पाको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला समन्वय अधिकारी तथा पूर्वप्रशासकीय अधिकृत शुक्रादेवी राईले पुस्तकको चर्चा गरिन् । उनले लामो समयसम्म गहिरो अनुसन्धान गरी आफूले सोचेभन्दा धेरै गुणा राम्रो पुस्तक बनेकोमा सम्पादकलाई धन्यवादसमेत दिइन् ।

बालकुमार तामाङले पुस्तक चिचिलाको दस्तावेज भएको चर्चा गरे । मन्त्री राईले पुस्तकको निर्माण हुनु मुलुकमै भिन्न र महान काम भएको बताउँदै पुराना पुस्ताहरुको उजारगर गरी पुस्तान्तरण गर्ने र सबै सपनाहरु समावेश भएको एउटा ऐतिहासिक दस्तावेज भएको भन्दै प्रशंसा गरे । गाउँपालिका अध्यक्ष पासाङ नूर्वू शेर्पाले सबै श्रेय सम्पादकमा जाने बताउँदै आफ्नो कार्यकालको एउटा ऐतिहासिक र उत्कृष्ट कार्य भएको बताए ।

कार्यक्रममा महेन्द्र राईले पुस्तकको सम्पादन कार्यबाट आफूलाई निकै ठूलो प्रेरणा मिलेको बताएका थिए । लेखक तथा सम्पादक बुढाथोकीले पुस्तकभित्र चिचिलाको जीवन र जगतलाई प्राथमिकता साथ समेटेको र लामो समयको मेहनतले पुस्तक तयार भएको बताए ।

उनले चिचिलावासीको अपनत्व हुने काम गर्न सकेकोमा खुसी व्यक्त गरे । पुस्तकभित्र जातीय सांस्कृतिक पहिचान, प्राकृतिक सौन्दर्यको प्रकाशन र गाउँपालिकाको तथ्यलाई समावेश गरिएको छ ।औपचारिक कार्यक्रम सुरु हुनुभन्दा अघि पन्चैबाजा र पन्चकन्याबाट अतिथि र आगन्तुकलाई स्वागत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!