हिपमत डटकम

शुक्रबार, पौष ०५, २०८१ || 4653  पटक पढिएको

सरिता कर्मकार ,विराटनगर।विराटनगरस्थित महेन्द्र चोकमा अवस्थित हिमालय टाकिज प्रा.लि., ५० वर्षभन्दा पुरानो र ८०० सिट क्षमताको ऐतिहासिक चलचित्र हल हो। ४३/२३ इन्चको विशाल पर्दा र ठूलो दर्शक क्षमताका कारण कुनै समय यो हल चलचित्रप्रेमीहरूको मुख्य आकर्षण बन्यो।

हिमालय टाकिजको स्थापना मेगराज सेटियाले गरेका थिए, र हाल यसको सञ्चालन दिपेन्द्र भण्डारीले गर्दै आएका छन्। कुनै समय टिकट नपाएर दर्शकहरू फर्कनुपर्ने अवस्थाबाट गुज्रिएको यो हल अहिले जिर्ण अवस्थामा पुगेको छ। विराटनगरमा आधुनिक मल्टिप्लेक्स हलहरूको उदयले यसको दर्शक संख्या घटाएको छ।

हाल हल व्यवस्थापक मनोज मण्डलले यस हललाई पुनर्जीवित गर्न नयाँ प्रयास गरिरहेका छन्। फुल एचडी प्रोजेक्टर र डल्बी साउण्ड सिस्टम जडानले फिल्मको गुणस्तरमा सुधार ल्याएको छ। उनले हलको सिटहरू परिवर्तन गर्ने, रंगरोगन गर्ने र आकर्षक सजावट गर्ने योजना समेत अघि सारेका छन्।

हालै दशैंपछिको समयले हललाई केही उचाइ दिएको छ। फिल्म “पुष्पा २” ले हाउसफुल शोहरू दिंदै दर्शकहरूको ध्यान तानेको छ। पुरानो सिंगल थिएटर भएकाले यसको पूर्ण पुनर्निर्माण जरुरी देखिन्छ। व्यवस्थापक मण्डलका अनुसार आगामी चार महिनाभित्र हललाई व्यवस्थित रूपमा पुनः सञ्चालनमा ल्याइने छ।

अन्य हलहरूको तुलनामा यहाँको टिकट दर निकै कम छ। माथिल्लो सिटको टिकट मूल्य रु. १५० र तल्लो सिटको रु. १०० रहेको छ, जसले दर्शकलाई अझै पनि आकर्षित गरिरहेको छ।

यो हल कोशी प्रदेशको यस ऐतिहासिक हलको रुपमा रहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!