हिपमत डटकम

शुक्रबार, मंसिर २१, २०८१ || 7357  पटक पढिएको

चितवन । चितवन कारागारमा कैदीबन्दीको चाप बढेपछि केहीलाई अन्यत्र स्थानान्तरण गरिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को साउनयता ९५ कैदीबन्दीलाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको छ ।

कार्यालय प्रमुख कमलप्रसाद आचार्यका अनुसार साउनमा १६, असोजमा एक र मङ्सिरमा ७९ कैदीबन्दीलाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको छ । साउनमा आठ जनालाई रसुवा, एक जनालाई गोरखा, एक जनालाई तनहुँ र ६ जनालाई केन्द्रीय कारागार काठमाडौँ पठाइएको उनले बताए । यस्तै मङ्सिरमा स्थानान्तरण गरिएका ७९ कैदीबन्दीलाई नुवाकोट कारागार पठाइएको प्रमुख आचार्यले जानकारी दिए ।

स्थानान्तरण गर्नुअघि चितवन कारागारमा आठ सय १९ कैदीबन्दी रहेका थिए । जसमा सात सय ७२ पुरुष र ४७ महिला रहेका थिए । मङ्सिरमा स्थानान्तरण गरिएकामध्ये दुई महिला र ७७ पुरुष रहेको प्रमुख आचार्यले बताए । अहिले कारागार कार्यालयमा सात सय ५६ कैदीबन्दी छन् । जसमा ७०३ पुरुष र ५३ महिला रहेका छन् । उनीहरुसँग आश्रित तीन बालबालिका रहेका छन् ।

दुई सय ५५ पुरुष र २५ महिला कैदीबन्दी राख्ने भएके चितवन कारागारमा न्यायिक तथा अर्धन्यायिक निकायबाट आउने कैदी तथा बन्दीको सङ्ख्याभन्दा कैद म्याद सकिनेको सङ्ख्या कम भएकाले स्थानान्तरण गर्न बाध्य भएको प्रमुख आचार्यले बताए । पछिल्ला दिनमा लागुऔषध सम्बन्धि कैदीबन्दी बढी आउने गरेको उनको भनाइ छ । कारगारमा छिमेकी जिल्ला नवलपरासी (वर्दघाट–सुस्ता पूर्व) बाटसमेत कैदीबन्दी आउने हुँदा चाप बढेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!