हिपमत डटकम

बुधबार, मंसिर १९, २०८१ || 1131  पटक पढिएको

विराटनगर।विराटनगर महानगरपालिकाले किसानका लागि ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गरेको छ । बुधबार महानगर परिसरमा आयोजित कार्यक्रममा उन्नत जातको गहुँको बिउ वितरण गरिएको हो । कार्यक्रममा उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेलगायतले बिउ वितरण गर्नुभएको थियो ।

कृषि शाखाका कृषि अधिकृत खगेश्वर तिम्सिनाका अनुसार १० हजार ५२६ किलो बिउ वितरण गरिएको छ । सो बिउले ६० हेक्टर जमिनमा खेती गर्न सकिनेछ । महानगर क्षेत्रका २६२ घरधुरीलाई सो उन्नत जातको गहुँको बिउ वितरण गरिएको तिम्सिनाले जानकारी दिनुभयो । महानगर क्षेत्रभित्र १ हजार ३७५ खेतीयोग्य जमिन रहेमा २५० हेक्टर जमिनमा गहुँ खेती गर्ने गरिएको छ । यसअघि महानगरले ५० प्रतिशत अनुदानमा मकै बिउ वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!