हिपमत डटकम

मंगलबार, मंसिर ११, २०८१ || 167  पटक पढिएको

सुनसरी।कोशी गाउँपालिका-१ स्थित लौकही बजारबाट नेपाली एक हजार दरका ४ थान नक्कली नोट सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहारका ३१ वर्षीय रामनाथ राय र मोरङ सुन्दरहरैंचाका २० वर्षीय सन्देश उराव रहेका छन् ।

लौकही बजारस्थित मनिष किराना पसलमा उनीहरूले सामान किनमेल गरी एक हजारको नोट दिएकोमा उक्त नोट नक्कली रहेको शंका लागि पसल धनीले तत्काल प्रहरीलाई खबर गर्नासाथ इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट २ थान र सामान किनेको दुई वटा पसलबाट १/१ थान गरी उक्त एक हजार दरको नक्कली नेपाली नोट बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!