विराटनगर ।नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्रमाथि आक्रमण भइरहेको बेला ग्रामथान गाउँपालिकामा कांग्रेसलाई हार्न दिन नहुने बताएका छन्। शनिबार तेतरीयामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जित्नै पर्ने बाध्यता रहेको बताए। उनले ग्रामथानमा कांग्रेसले आफ्नो शाख जोगाउने विश्वास व्यक्त गर्दै कांग्रेसका उम्मेदवारले चुनाव जित्ने दाबी गरे।

शर्माले कांग्रेसप्रति धोका दिने जो कोहीलाई पार्टीले कारबाही गर्ने चेतावनी दिए। उनले भने, “चुनावमा कांग्रेसलाई जसले घात गर्छ, त्यसलाई कडा कारबाही हुन्छ।” नेपाली कांग्रेस ग्रामथान गाउँपालिका चुनाव प्रचार प्रसार समितिले शनिबार ग्रामथान गाउँपालिका–३ सिद्राहामा घरदैलो कार्यक्रम आयोजना गरेको थियो।

नेपाली कांग्रेस मोरङ सभापति तथा पूर्वमन्त्री डिगबहादुर लिम्बु, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याललगायतका नेताहरू ग्रामथानमा कांग्रेसलाई जिताउन चुनावी अभियानमा लागेका छन्।ग्रामथानको सिद्राहा, मोतीपुर, गिधनीयालगायतका स्थानहरूमा नेपाली कांग्रेसका उम्मेदवार बलराम सरदार (थारु) सहितको टोलीले मत माग्दै घरदैलो कार्यक्रम सम्पन्न गरेको छ।

घरदैलो कार्यक्रममा युवाहरूले कांग्रेसका उम्मेदवार बलराम सरदार (थारु)लाई नै मत दिएर जिताउने उद्घोष गरेका छन्। स्थानीयले सिद्राहामा एक सय जनाको समूह बनाएर मत चोरी हुन सक्ने भन्दै निगरानी समूह बनाएका छन्। उनीहरूले कांग्रेसका मत सुरक्षित गर्नका लागि सो समूह निर्माण गरेका हुन्। यस्तै, युवाहरूले सबै वडामा एक सय जनाको निर्वाचन निगरानी समूह बनाएर बलराम सरदार थारुलाई जिताउन लागिपरेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!