विराटनगर।ग्रामथान गाउँपालिकामा नेपाली कांग्रेसका उमेदवार बलराम सरदारको पक्षमा व्यापक उत्साह देखिएको छ। गाउँपालिकाका जेष्ठ नागरिक, मजदुर, युवा, किसानलगायत विभिन्न वर्गका मानिसहरू कांग्रेस जिताउने अभियानमा सक्रिय रूपमा जुटेका छन्।

विहिबार ग्रामथान २ मा आयोजित घरदैलो कार्यक्रममा जेष्ठ नागरिक बुधनी देवी चौधरीले कांग्रेस उमेदवारलाई आशिर्वाद दिँदै जितको शुभकामना व्यक्त गरिन्। उनले कांग्रेसका उमेदवारलाई जिताउने प्रतिबद्धतासमेत जनाइन्। यस्तै, ग्रामथान ६ का पूर्व शिक्षक बोधनारायण चौधरीले पनि कांग्रेसका उमेदवारलाई जितका लागि आशिर्वाद दिँदै पार्टी जिताउने अभियानमा लागेका छन्।

ग्रामथान गाउँपालिका वडा नं. ६ का पूर्व अध्यक्ष सबद नारायण चौधरीले पनि कांग्रेस जिताउन अभियान चलाएका छन्। इमानदार छवि भएका कांग्रेसका पुराना नेता चौधरीले वडा नं. ६ का १० जना युवाहरूको समूह बनाएर चुनाव प्रचारप्रसार गरिरहेका छन्।

नेपाली कांग्रेस मोरङका सभापति तथा पूर्व मन्त्री डिग बहादुर लिम्बु, कांग्रेसका पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरे, मोरङ कांग्रेसका सचिव ललित बहादुर श्रेष्ठलगायतका नेताहरूको सहभागितामा कांग्रेसले व्यापक जनसहभागितासहित घरदैलो कार्यक्रम गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!