प्रकाश प्रेमी
हिपमत डटकम
बिराटनगर मंसिर २३।
विराटनगर महानगरपालिका वार्ड नं. ८ हाटखोला स्थित गीता मन्दिरमा नयाँ कार्य समिति गठन भएको हो । मन्दिरको सातौं साधारण सभालले नयाँ कार्य समिति गठन गरेको हो ।
२०७६ मंसिर २१ गते शनिवारका दिन मन्दिरको प्राङ्गणमा बसेको सातौं साधारण सभाले नयाँ कार्य समिति गठन गरेको हो । श्रवणकुमार अग्रवालको अध्यक्षता तथा वार्ड नं. ८ का अध्यक्ष निश्चल अर्यालको प्रमुख आतिथ्यमा बसेको साधारण सभाले ११ जनाको नयाँ कार्य समिति गठन गरेको हो ।
अध्यक्षमा श्रवण कुमार अग्रवाल, वरिष्ठ उपाध्यक्षमा नारद प्रसाद तिवारी, उपाध्यक्षमा उद्धव प्रसाद पराजुली सचिवमा प्रकाश तिवारी, सह–सचिवमा देवानन्द अग्रवाल, कोषाध्यक्षमा नारायण प्रसाद अग्रवाल र सदस्यहरुमा गोकुल तिवारी, हनुमान मल मालु, अशोक कुमार बोहरा, सावित्री पराजुली र किशोर रौनियार निर्विरोध चयन भएका छन् ।
साधारण सभाले मन्दिरलाई तन, मन धनले सहयोग गर्ने आध्यात्मिक व्यक्तित्व टेकबहादुर श्रेष्ठ, उदारमना सत्यनारायण टिवडेवाला र २०३७ साल मन्दिर स्थापनाकालमा सहयोग गर्ने स्व.खख्नु साहलाई मरणोपरान्त सहित तीन जनालाई सम्मान गरिएको छ ।
अघिल्लो कार्य समितिका पदाधिकारीहरुको अथक प्रयास र स्थानिय उद्योपति, व्यापारी, विभिन्न संघ संस्था तथा धर्मानुरागी महानुभावहरुको आर्थिक सहयोगमा गीता मन्दिरको जिर्णोद्धार गरी यज्ञशाला सहितको भूई तल्ले गीता मन्दिर सामुदायिक भवन निर्माण गरी संचालन भएको हो ।
विभिन्न धार्मिक अनुष्ठान, मांगलिक तथा सांस्कृतिक कार्यक्रम, गोष्ठी सेमिनार सहितको कार्यक्रमहरुको लागि गीता मन्दिर सामुदायिक भवन प्रति स्थानियको चासो बढेको निष्कर्ष सहित साधारण सभाले एक तल्ला अझै थप्ने निर्णय गरेका छन् ।
साधारण सभाले गीता मन्दिर सामुदायिक भवन व्यवस्थित रुपले संचालन गर्न आजीवन सदस्य बेनीगोपाल मून्दड़ाको संयोजकत्वमा ७ सदस्य गीता मन्दिर सामुदायिक भवन विधान मस्यौदा समिति गठन गरी गीता मन्दिर सामुदायिक भवन नामक संस्था दर्ता गराउनु पर्ने निर्णय गरेका छन् ।