हिपमत डटकम

बुधबार, मंसिर ०५, २०८१ || 738  पटक पढिएको

विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी हुने जर्सी सार्वजनिक गरेको छ । मंगलबार कोशी प्रदेशको राजधानी विराटनगरमा एक भब्य  समारोहकाबीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, मार्की खेलाडी सन्दिप लामिछाने , टिम मालिक पारस लुनिया लगायतको उपस्थितिमा उक्त जर्सी सार्वजनिक गरिएको हो ।

जर्सिको कलर पहेँलो र निलो रहेको छ । जर्सी संगै कार्यक्रममा टिमको ऐन्थम गित समेत सार्वजनिक गरेको छ  ।भ्वाइस अफ विराटनगर किंग्स तथा एम्बासिडर समेत रहेका कुशल पोखरेलले उक्त रचना तयार पारेका हुन् । विराटनगर किंग्सको गित र्याप फर्म्याटमा रहेको छ । यसका साथै विराटनगर किंग्सको फेसमा गायिका रचना रिमाललाई घोषणा गरिएको छ । पुर्बेली गायिका रिमाल क्रिकेटको ठुलो समर्थक हुन् ।

कार्यक्रममा भर्खरै नेपाली अन्डर १९ महिला क्रिकेट टिमलाई विश्वकप यात्रा दिलाउन सफल कोच महेश प्रसाद रिजाल र खेलाडी रिया शर्मालाई समेत सम्मानित गरिएको थियो।कार्यक्रममा कोशी प्रदेशका ५ जिल्लामा रहेका क्रिकेट संघहरुलाई क्रिकेट किट समेत प्रदान गरिएको थियो । ग्रासरुटका खेलाडीहरुको क्रिकेट विकासको लागि उक्त किट हस्तान्तरण गरिएको टिमका मालिक पारस लुनियाले बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!