बलिउड फिल्म अभिनेत्री दिशा पाटनीले लकडाउनबीच आफ्नो एउटा पुरानो सेक्सी फोटो सेयर गरेकी छिन् । उक्त फोटोसुट उनले एउटा बिकिनी ब्रान्डका लागि गरेकी थिइन् । फोटोमा उनी निकै बोल्ड देखिएकी छिन् । पुरानो फोटो यतिबेला सेयर गरेपछि उनी ट्रोलको शिकारसमेत भएकी छिन् ।
एकजना प्रयोगकर्ताले अक्षय कुमारको एउटा मीम सेयर गरे । यसमा लेखिएको थियो, ‘केही त लाज राख्नुहोस् हजुर, केही त लाज राख्नुहोस् ।’ यस्तै अर्का प्रयोगकर्ताले लेखे, ‘भगवानसँग नभएपछि कोरोनासँग त डराउ ।’ यस्तै अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘सबै आजै हाल्छौ कि क्या हो, थाकिसकेँ म ।’ एजेन्सी
https://www.instagram.com/p/B-JRILpgOP3/?utm_source=ig_embed