हिपमत डटकम

बिहिबार, कार्तिक २९, २०८१ || 1816  पटक पढिएको

विराटनगर । आज १४ नोभेम्बर मधुमेह सम्बन्धी सचेतना गरि बिश्व भरि बिश्व मधुमेह दिवस मनाउने गरिन्छ । यसै अवसर पारेर विराटनगरस्थित न्यूरो हस्पिटलले निःशुल्क मधुमेह सम्बन्धित जाँच र परामर्श गरेको छ ।

न्युरो अस्पतालले झि पुचः सँगको सहकार्यमा झि पुचः कै प्राँगणमा हस्पिटलका विशेषज्ञ चिकित्सकहरूबाट बिहिबार बिहान निःशुल्क मधुमेह जाँच र सचेतना कार्यक्रम गरेको हो ।

१ सय २७ जना विरामीले मधुमेह जाँच (PP, Fasting)जाँच गरेको र सचेतना कार्यक्रममा भाग लिएको अस्पतालले जनाएको छ । मधुमेह जाँच गरिएको विरामीहरूलाई बिशेषज्ञ फिजिसियन डा. सागर साहद्वारा निःशुल्क परामर्श प्रदान गर्नको साथै निशुल्क डाइटिसियन परामर्श पनि गरिएको थियो । साथै आजबाट एक हप्ता सम्म मधुमेह सम्बन्धी जाँचमा २५५ छुट प्रदान गरिएको छ ।

मधमेह दिवसकै अवसरमा आयोजित सचेतना कार्यक्रममा अस्पतालका वरिष्ठ प्याथोलोजिष्ट डा. सागरराज पाण्डेले मधुमेहको लक्ष्ण, मधुमेहका विरामीले ध्यानदिनुपर्ने स्वास्थ्य सचेतना गराएका थिए । ‘बदलिँदो जीवनशैली र खानपानमा आएको अस्वस्थ परिवर्तनका कारण नेपालमा मधुमेहका बिरामी ह्वात्तै बढीरहेका छन् ।

मधुमेह भनेको शरीरमा सुगरको मात्रा बढी हुने रोग हो । नेपाली समाजमा यसलाई चिनी रोग भनेर चिनिन्छ । मानव शरीरमा चिनीको आवश्यकता हुन्छ । शरीरमा चिनी नहुने हो भने मानिस बाँच्न सकदैन । तर जब शरीरमा चिनीको मात्रा बढ्छ त्यसले भने असर देखाउन थाल्छ,’ पाण्डेले भने, ‘मधुमेहको लक्षणहरू देखा परे नजिकको स्वास्थ्य कार्यालयहरुमा गएर चिकित्सकको परामर्शमा उपचार सेवा सुरु गरिपर्दछ ।’

न्युरो अस्पतालमा विश्व स्तरिय ल्याबबाट सबै किसिमका जाँचहरु सर्वसुलभ रुपमा प्रदान हुदै आएको छ । अस्पतालले प्रत्येक शनिवार विभिन्न जाँचहरुमा ५०५ छुट दिदै आएको छ । न्यूरो अस्पतालले विभिन्न स्वास्थ्य दिवसको अवसर पारेर निःशुल्क स्वास्थ्य सेवा र सचेतना कार्यक्रमहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!