हिपमत डटकम

मंगलबार, कार्तिक २७, २०८१ || 4753  पटक पढिएको

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा स्याङ्जा बिरूवा गाउँपालिका-१ घर भई काठमाडौंमहानगरपालिका-३१ बानेश्वर बस्ने ५० वर्षीया कमला कुमारी केसी, बाग्लुङ बडिगाड गाउँपालिका-९ घर भई भक्तपुर सुर्यबिनायक नगरपालिका-२ बालकोट बस्ने २२ वर्षीया सीता बुढा र झापा मेचीनगर नगरपालिका-१० घर भई काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्क बस्ने २६ वर्षीय मनिश खड्का रहेका छन् ।

पक्राउ मध्ये कमला कुमारीले क्रोएसिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ८ लाख २५ हजार रूपैयाँ, सीताले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र मनिशले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख २५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

कमलालाई काठमाडौं बानेश्वरबाट र सीतालाई काठमाडौं डिल्लीबजारबाट आइतबार तथा मनिशलाई काठमाडौं टेकुबाट सोमबार प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!