रबिन्द्र बराल

सोमबार, कार्तिक २६, २०८१ || 3417  पटक पढिएको

रंगेली।माेरङको रंगेली अस्पतालमा केही महिनायता बिरामीको चाप बढ्दै जाँदा रक्तअल्पता (शरीरमा रगतको कमी) का बिरामीको संख्या पनि उल्लेखनीय रूपमा बढेको छ।

रंगेली अस्पतालमा रंगेली नगरपालिका, सुनवर्सि नगरपालिका, रतुवामाई नगरपालिका, धनपालथान गाउँपालिका, कानेपोखरी गाउँपालिका तथा भारतका सीमाक्षेत्रबाट बिरामी आउने गरेका छन्। पहिले दैनिक १०० देखि २०० जना बिरामी आउने गरे पनि हाल विभिन्न रोग विशेषज्ञहरू उपलब्ध भएपछि दैनिक ५०० देखि ६०० बिरामीले उपचार सेवा लिइरहेका छन्।

बिरामीहरू प्रायः ज्वरो, रुघाखोकी जस्ता समस्या लिएर आउने गरेका छन्, जसको रगत परीक्षण गर्दा अधिकांशमा रक्तअल्पताको समस्या देखिएको डाक्टरहरूले बताएका छन्। अस्पतालका मेडिकल अधिकृत डा. सद्घाम हुसेनका अनुसार, महिलाहरूमा महिनावारीका कारण नियमित रूपमा रगतको कमी हुने भएकाले यो स्वाभाविक हो, तर हाल पुरुषहरूमा पनि रक्तअल्पताको समस्या अत्यधिक देखिन थालेको छ।

विशेषगरी ३० देखि ७० वर्ष उमेर समूहका पुरुषहरूमा यो समस्या तीव्र रूपमा बढिरहेको छ, जुन डाक्टरहरूको लागि पनि आश्चर्यजनक बनिरहेको छ। रंगेली अस्पतालका ल्याब टेक्निसियन सञ्जय अधिकारीले रगतको कमी भएका बिरामीहरूलाई हरियो सागसब्जी, फलफूल, फर्सी, फर्सीकडा गेडागुडी, र आइरन युक्त पोषिलो खानेकुरामा विशेष ध्यान दिन सुझाव दिएका छन्। र

क्तसञ्चारको समस्यालाई मध्यनजर गर्दै, अस्पतालका रक्त बैक इन्चार्ज सूर्यकुमार मण्डलले धेरै युवाहरूलाई रक्तदान गर्न प्रेरित गरे पनि बिरामीका आफन्तहरूले विभिन्न बहाना बनाउँदै रक्तदान नगर्नाले अस्पतालमा रगत अभावको समस्या बढिरहेको बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!