विराटनगर । नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले आइतबार विराटनगरमा शुभ–दीपावली, नेपाल संवत् ११४५, र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका सभामुख अमरबहादुर बिष्टले राज्यले उद्योग सञ्चालन गर्ने व्यक्तिहरूलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुहुँदै, देशका युवाहरू विदेशिनुको कारण र उद्योगलाई प्रोत्साहन दिन सरकारले ध्यान दिनुपर्ने बताउनुभयो।

नेपाल उद्योग परिसंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले देशमा नयाँ भिजनको आवश्यकताको विषयमा जोड दिँदै सबै पक्ष मिलेर नयाँ सोच निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

विराटनगर महानगरपालिकाका नगर प्रमुख नागेश कोइरालाले वर्तमानमा राजनीतिक अविश्वास र व्यापारिक संकट बढेको उल्लेख गर्दै चाडपर्वको अवसरमा संकटबाट मुक्तिका लागि सकारात्मक परिणामको अपेक्षा व्यक्त गर्नुभयो।

पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले देशमा आर्थिक संकटको गम्भीरतामा सबैको ध्यानाकर्षण गराउँदै यसलाई समाधान गर्न मिलेर प्रयास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

कार्यक्रममा सभामुख अमरबहादुर बिष्ट, जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव, विराटनगर महानगरपालिकाका नगर प्रमुख नागेश कोइराला, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, र नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका प्रमुख संरक्षक महेश जाजु लगायत विभिन्न क्षेत्रका विशिष्ट अतिथिहरूको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!