विराटनगर। उदयपुर र मोरङ जिल्लाबाट जुवा तास खेल्ने १३ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक ८ गते दिउँसो उदयपुरको त्रियुगा नगरपालिका-९ स्थितमा रहेको बोईलर कुखुराको फर्ममा जुवा खेलिरहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले जुवा खेल्दै गरेको अवस्थाम त्रियुगा नगरपालिका-९ का ३७ बर्षीय राजु कार्की, त्रियुगा-१५ का ३४
बर्षीय बिजय राई, त्रियुगा-११ का ५० बर्षीय रबिन्द्र राई, त्रियुगा-१२ का ५३ बर्षीय बसन्त राई, त्रियुगा-१० का ४५ बर्षीय गेशराज राउत, त्रियुगा-१३ का ६२ बर्षीय पदम राई, रौतामाई-७ का ३४ बर्षीय कमल तामाङ, रौतामाई-७ का ३५ बर्षीय मनोज मगर र रौतामाई-५ का ४१ बर्षीय जय कुमार राईलाई पक्राउ गरेको हो ।
प्रहरीले जुवाको खालबाट नगद ४ लाख १४ हजार ५ सय ७५ रुपैयाँ र कौडा १६ थान समेत बरामद गरेको छ । त्यसैगरी मोरङको इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले सुनवर्षी नगरपालिका-९ स्थित कहरसिंह राजवंशीको घरमा जुवा तास खेलीरहेको अवस्थामा ५३ बर्षीय कहरसिंह राजवंशी, ४७ बर्षीय सुरेश प्रसाद साह, सुनवर्षी-६ का ३७ बर्षीय नित्यानन्द सुतिहार र रंगेली-७ का ४६ बर्षीय उमेश पौदारलाई
नगद १ लाख ८२ हजार रुपैयाँ र ४ बुङ् तास सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको आवश्यक कानुनी कारवाही भईरहेको छ ।