हिपमत डटकम

बुधबार, आश्विन ३०, २०८१ || 1804  पटक पढिएको

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) हरूमा आश्विन शुक्ल पूर्णिमा व्रतका बारेमा फरक फरक दिन उल्लेख भएपछि आम मानिसमा भ्रम उत्पन्न भएको छ ।

समितिले स्वीकृति दिएको तोयनाथ पन्तको पञ्चाङ्गमा पूर्णिमा व्रत असोज ३० गते बुधबार लेखिएको छ । अन्य पञ्चाङ्गमा भने कात्तिक १ गते बिहीबार लेखिएको छ । यसले पञ्चाङ्ग प्रयोगकर्तामा कुन दिन पूर्णिमा व्रत बस्ने भन्ने भ्रम उत्पन्न भएको हो । पात्रोका प्रयोगकर्ता मच्छेन्द्र सापकोटा आश्विन शुक्ल पूर्णिमाको व्रतका बारेमा फरकफरक दिन उल्लेख भएर कुन दिन मनाउने भनी भ्रम भएको बताउँछन् ।

तोयनाथ पन्तको पञ्चाङ्गका सम्पादक सूर्यनाथ पन्त भूलबस पूर्णिमा व्रत असोज ३० गते हुन गएकामा सच्याएर अर्को पञ्चाङ्ग निकालिएको बताउँछन् । पहिले छापिएको पञ्चाङ्ग बजारबाट प्रयोगकर्ता कहाँ पुगेर प्रयोगकर्तामा अन्योल भएको हुनसक्ने उनको दावी छ। अशुद्ध पात्रोका विषयमा केही जानकारी नपाएको प्रयोगकर्ता बताउँछन् ।

समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराई पूर्णिमा व्रतलाई साँझमा पूर्णिमा तिथि हुनुपर्ने भएकाले कात्तिक १ गते हुनेगरी निर्णय गरिएको बताउँछन्। कोजाग्रत पूर्णिमाका लागि भने मध्यरातमा पूर्णिमा चाहिने भएकाले असोज ३० गते हुनेगरी निर्णय गरिएको पनि उनले बताए । अखिल बलि पूर्ति भने असोज ३० गते बुधबार नै परेको समितिले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!