हिपमत डटकम

शुक्रबार, आश्विन १८, २०८१ || 4084  पटक पढिएको

कञ्चनपुर । कामको सिलसिलामा भारत गएका नेपालीहरू चाडबाड मनाउन स्वदेश फर्कन थालेका छन् । पछिल्ला दिनमा नेपालको पश्चिमी सीमानाका गड्डाचौकी भएर स्वदेश फर्किनेको भीड नै लाग्न थालेको छ ।

दसैँको खर्च जोहो गरेर घरपरिवारसँग चाडबाड मनाउनका लागि स्वदेश फर्किन पाउँदा उनीहरू खुसी व्यक्त गर्छन्। दुई वर्षपछि दसैँ मनाउने क्रममा घर फर्कँदै गरेका बाजुराका हिरण्य गिरीले चाडबाडको समय घर फर्कन पाउँदा खुसी लागेको बताए । ‘दुई वर्ष परिवारसँग दसैँतिहार मनाउन पाइनँ । यसपटक थोरै पैसा बचाएर चाडबाड मनाउन घर जाँदैछु’, गड्डाचौकी नाकामा भेटिएका गिरीले भने, ‘स्वदेशमा काम पाइँदैन, दसैँतिहार मनाएर फेरि भारततिर जान्छु ।’ स्वदेशमा गतिलो आम्दानी गर्ने अवस्था भए भारत नजाने उनी बताउँछन् ।

गिरी विगत पाँच वर्षदेखि भारतको दिल्लीमा गाडी चलाउँदै आएका छन् । स्वदेशमा गतिलो कमाइ नभएपछि घरखर्च चलाउन भारत जानुपरेको उनी बताउँछन्। त्यस्तै सुर्खेतका हर्कबहादुर थापाले भारतको सिम्लामा काम गर्न थालेको दश वर्षभन्दा बढी भइसक्यो । उनी भारतमा स्याउ टिप्ने काम गर्छन् । हर्कबहादुरसँगै गाउँका अन्य पनि सिम्लामा स्याउँ टिप्ने काम गर्छन्। चाडबाड र खेतीपातीका लागि घर फर्किएको उनले बताए। ‘अरुबेला बाहिर गएर जति दुःख गरे पनि चाडबाडमा सधैँ घर पुग्छु’, उनले भने, ‘घरपरिपारसँग चाडबाड मनाउन पाउँदा निकै खुसी लाग्छ ।’

चाडबाड सुरु भएसँगै गड्डाचौकी नाकाबाट स्वदेश फर्किनेको चाप बढ्न थालेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए। गड्डाचौकी नाका भएर दैनिक तीन–चार सयको हाराहारीमा नेपाली नागरिक भित्रिरहेका छन् । कामको खोजीमा सुदूरपश्चिम, कर्णालीलगायत ठाउँका नेपाली नागरिक भारतको विभिन्न ठाउँमा जाने गरेका छन् ।

भारतबाट आउने नेपाली नागरिकका लागि नाकामा सहायता कक्षसमेत सञ्चालन गरिएको छ । सहायता कक्षमा भारतबाट आउनेलाई शुद्ध पिउने पानी र प्राथमिक स्वास्थ्योपचार गर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!