ब्रिटेनमा कोरोना भाइरसको संक्रमणका कारण २१ वर्षकी युवतीको मृत्यु भएको छ । इंगल्याण्डको बकिंघमशरमा बस्ने क्लोय मिडल्टनको मृत्यु गत हप्ता भएको थियो ।
परिवारका अनुसार उनलाई अन्य कुनै प्रकारको गम्भीर रोग वा स्वास्थ्य समस्या थिएनन् ।
उनको परिवारले सबै मानिसहरुलाई आफ्नो ख्याल राख्न र सरकारले जुन नियम लागू गरेको छ, त्यसको पालना गर्न अपिल गरेका छन् ।
अहिलेसम्म जतिको मृत्यु भएको छ, उनीहरु पहिले देखि नै केही स्वास्थ्य समस्या झेलिरहेका थिए । एजेन्सी