बिहिबार, चैत्र १३, २०७६ || 637  पटक पढिएको

तनहुँको दक्षिण भेगमा पर्ने ऋषिङ गाउँपालिका–८ गोठार्दीस्थित शिव माध्यमिक विद्यालयमा ३० शय्या क्षमताको क्वारेन्टाइन स्थापना गरिएको छ । सबैलाई सहज हुने गरी गाउँपालिकाको मध्यविन्दु क्षेत्रमा पर्ने उक्त क्षेत्रमा करेन्टाइन स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताउनुभयो । विदेशबाट आएकाहरु स्वास्थ्य परीक्षण गराएर मात्र गाउँ प्रवेश गर्नका लागि गाउँपालिकाले सबै स्वास्थ्यचौकी तथा स्वास्थ्य एकाइमा स्वास्थ्य जाँचका लागि व्यवस्था मिलाएको पनि उहाँले जानकारी दिनुभयो । गाउँपालिकाभित्रका कुनै पनि नागरिकलाई कोभिड– १९ सङ्क्रमण भएमा निजको उपचारमा लाग्ने सम्पूर्ण खर्च गाउँपालिकाले ब्यहोर्ने निर्णय भएको छ । स्वयंसेविका र स्वास्थ्यकर्मीको टोलीलाई गाउँगाउँ खटाएर सचेतना जगाउने कार्य पनि भइरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । गाउँपालिकाले २०÷२५ मिटरको दूरीमा स्यानिटाइजर र साबुनपानीको व्यवस्था गरेको छ । उहाँले भन्नुभयो, ‘पहिलो चरणमा पाँच सय जनालाई मास्क पनि वितरण गरिएको छ ।’ मास्क अपुग हुने देखिएकाले थप तीन हजार मास्क काठमण्डौँबाट मगाइएको उहाँले बताउनुभयो । लकडाउनको तेस्रो दिनसम्म गाउँपालिकामा एक जना पनि कोरोना सङ्क्रमित नदेखिएको र विदेशबाट आउने व्यक्तिको निगरानी राख्न प्रत्येक वडाध्यक्षलाई सतर्क रहन आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!