हिपमत डटकम

शनिबार, आश्विन ०५, २०८१ || 709  पटक पढिएको

काठमाडौँ। जलवायु न्यायको माग गर्दै युवा–युवतीको समूहले ललितपुरको जावलाखेलमा र्‍याली निकालेको छ। “पिपुल्स क्लाइमेट मार्च २०२४” नाम दिइएको यस र्‍यालीमा दर्जनौँ सहभागीले ब्यानर र प्ले कार्डसहित नारा लगाउँदै सहभागी भएका छन्।

 

 

उनीहरूले विकसित मुलुकहरूलाई खनिज, पेट्रोलियम र औद्योगिक उत्सर्जनका कारण प्रदूषण बढाउने मुख्य जिम्मेवार ठहर गर्दै, नेपालजस्ता देशलाई क्षतिपूर्ति तिर्नुपर्ने माग गरेका छन्।

साथै, विकसित राष्ट्रहरूले नेपालजस्तो कम हरितगृह ग्याँस उत्सर्जन गर्ने देशलाई ऋणको रूपमा सहायता दिन खोज्नुको विरोध गरेका छन्। नेपालमा भएको यो मार्च “ग्लोबल विक अफ एक्सन इन साउथ एसिया” को सन्दर्भमा आयोजना गरिएको हो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!