हिपमत डटकम

शनिबार, आश्विन ०५, २०८१ || 964  पटक पढिएको

विराटनगर। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैँको टीकाको साइत सार्वजनिक गरेको छ। समितिका अनुसार यसपालिको टीकाको उत्तम साइत असोज २६ गते विहान ११ बजेर ३६ मिनेटमा रहेको छ।

यसअघि असोज १७ गते घटस्थापनाको साइत विहान ९:१६ बजे तोकिएको छ। घटस्थापनाका दिन घर–घरमा जमरा राखी बडादशैँको प्रारम्भ गरिन्छ। असोज २४ गते फूलपातीका दिन तुलजा भवानी यात्राको साइत विहान ७:११ बजे र स्थिरासनको साइत ८:४३ बजे तोकिएको छ।

समितिका अनुसार असोज २५ गते शुक्रवार अष्टमी र नवमी एकै दिन परेको छ। यस दिन देवी दुर्गाको पूजा, बलि, हवन तथा दुर्गा सप्तशती पाठ गरिन्छ। असोज २६ गतेको मुख्य दिन अर्थात् टीकाको साइत विहान ११:३६ बजे उत्तम रहेको समितिले जनाएको छ। यस दिन ठूलो जमरा, फूल, अक्षता र नवदुर्गाको प्रसाद लगाएर मान्यजनहरूको हातबाट टीका र जमरा लगाउने परम्परा छ।

समितिले सबैलाई दशैँको टीका साइतको सम्मान गर्दै आ–आफ्नो परम्पराअनुसार टीका लगाउन आह्वान गरेको छ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!