विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वास्थ्य क्षेत्रमा देखिएको समस्यालाई नीतिगत र कानुनी हिसाबले सुधार गरेर जान प्रदेश सरकार तत्पर रहेको बताउनुभएको छ ।
शनिबार २४औं राष्ट्रिय दन्त सम्मेलनको विराटनगरमा उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले स्वास्थ्य क्षेत्रलाई सुधार गरेर अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी नीतिगत र कानुनी हिसाबले सुधार गर्ने तयारीमा छौं ।

प्रदेशमा स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न भिन्नै स्वास्थ्य ऐन ल्याउने प्रदेश सरकारको सोचाई रहेको चर्चा गर्दै उहाँले स्वास्थ्य ऐन मार्फत् प्रदेशको स्वास्थ्य क्षेत्रलाई सुधार गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले स्रोत साधनले भ्याएमा प्रदेशका अस्पतालमा पनि दन्त चिकित्सक राखिने बताउनुभयो ।

नेपालमा रहेका दन्त चिकित्सक जनशक्तिहरूलाई विदेश पलायन हुनबाट रोक्न हाम्रा अस्पतालका सुधार र व्यवस्थापकिय क्षमतालाई बढाएर काम गर्नुपर्ने कार्कीले औंल्याउनुभयो ।
सम्मेलनमा देशभरका करिब तीन सय दन्तचिकित्सक भेला भएका छन् ।

सम्मेलनमा १६ जना वरिष्ठ दन्तचिकित्सकले विविध प्रविधि र अहिलेको अवस्थाका बारेमा प्रस्तुती गर्ने तयारी छ । सम्मेलनबाट आगामि दिनमा गर्नसकिने काम, नयाँ प्रविधि र आम नागरिकलाई सचेतना जोगाउने विषयमा साथै उपचारका सन्दर्भमा आएका नयाँ ‘केसस्टडी’ का विषयमा छलफल हुने आयोजकले जानकारी दिएका छन् ।सम्मेलनमा दाँत सम्बन्धि उपचारका मेसिन र विभिन्न प्रविधि सम्बन्धि उपकरणहरू समेत प्रदर्शन गरिएका छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!