हिपमत डटकम

शुक्रबार, आश्विन ०४, २०८१ || 4147  पटक पढिएको

भारतको हैदरावादस्थित सरदार बल्लभभाई पटेल राष्ट्रिय पुलिस एकेडेमीमा सञ्चालित आईपीएस अधिकृतको आधारभूत तालिममा उत्कृष्ट प्रदर्शन गरेका नेपाल प्रहरीका प्रहरी निरीक्षक सनम मल्ल पुरस्कृत भएका छन्।

मल्ललाई ‘द बेस्ट जेन्टलमेन्ट्स प्रोबिसनर फर पीटी’ पुरस्कारले सम्मानित गरिएको हो। यो पुरस्कार शारीरिक दक्षतामा उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षार्थीलाई प्रदान गरिन्छ।

सन् २०२३ नोभेम्बर १३ देखि सुरु भएको उक्त तालिममा नेपाल प्रहरीका पाँच जना प्रहरी अधिकृतहरू सहभागी थिए। दीक्षान्त समारोहमा नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक भीम प्रसाद ढकालले समेत उपस्थिति जनाएका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!