विराटनगर ।कोसी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव राजेन्द्र राईले संसद् कार्यपालिकाको छायाँ बन्न नसक्ने बताएका छन्।
बुधबारको प्रदेशसभा बैठकमा बोल्दै राईले संसदीय समितिका निर्वाचन कार्यतालिका हेरफेर गर्ने प्रस्ताव राखे, तर सभामुखको भूमिका सकारात्मक नभएको आरोप पनि लगाए।
बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने कार्यसूची रहेको छ। राईले सरकारलाई समर्थन गर्नुपर्ने कुनै कारण नदेखिएको बताउँदै कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेका छन्। उनले भने, “सरकारले गरेको राम्रो काम केही देखिएको छैन। हामी पक्ष र विपक्षमा मत हाल्दैनौँ, बरु नो भोट गछौँ।”
राईले जनपक्षीय काम अघि बढाउन पूर्वमुख्यमन्त्रीले अनशन बस्नुपर्ने अवस्था आएको भन्दै सरकारले खास समर्थन नपाउने जानकारी दिए। उनले विपक्षमा नै बस्ने धारणा पनि व्यक्त गरे।