काठमाडौं —नेपालमा साक्षरता दर ७६.२ प्रतिशत पुगेको छ। राष्ट्रिय तथ्यांक कार्यालयको अनुसार, पढ्न लेख्न जान्ने जनसंख्या दुई करोड तीन लाख ७७ हजार ९८० छ।

पाँच वर्ष र सोभन्दा माथिका उमेर समूहमा पुरुषहरूको साक्षरता ८३.६ प्रतिशत र महिलाहरूको ६९.४ प्रतिशत छ। १५ देखि २४ वर्ष उमेर समूहका ९२ प्रतिशत, १५ देखि ६० वर्ष उमेर समूहका ८५ प्रतिशत, र १५ वर्षभन्दा माथिका ५८ प्रतिशत साक्षर छन्।

सरकारले पहिलो पटक २०६५ सालमा निरक्षर अभियानको सुरु गरेको थियो, तर यो अभियान प्रभावकारी देखिएको छैन। आइतबार ‘बहुभाषिक शिक्षाको प्रवर्धन: पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता’ नाराका साथ ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइरहँदा यो अभियानको समीक्षा गरिएको छ।

साक्षरता अभियानमा राज्यले झन्डै १० अर्ब रुपियाँ खर्च गरिसकेको छ, र वार्षिक बजेटको कम्तीमा ७० प्रतिशत विद्यालय शिक्षामा लगानी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!