बुधबार, चैत्र १२, २०७६ || 738  पटक पढिएको

सगरमाथा क्षेत्र भ्रमणमा आएका १० जना पर्यटकको उद्धार गरिएको छ । केही समयअघि खुम्बु भ्रमणमा आएका ती पर्यटकको स्वास्थ्यमा समस्या आएपछि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको समन्वयमा उद्धार गरेर काठमान्डौँ पठाइएको छ । उनीहरुलाई गाउँपालिकाका विभिन्न स्थानबाट हेलिकोप्टरमार्फत उद्धार गरिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी रमा आचार्यले जानकारी दिनुभयो । मङ्गलबार विभिन्न हेलिकोेप्टरमार्फत छ जनाको उद्धार गरिएको थियो भने आज गाउँपालिकाको पाङबोचेबाट चार जनाको उद्धार गरिएको हो । नेपाल नागरिक उड्य प्राधिकरण लुक्लाका प्रमुख इमानाथ अधिकारीका अनुसार आज उद्धार गरिएका चारै जना रसियान नागरिक हुन् । अधिकांश लेक लागेर बिरामी परेका छन् भने केहीलाई चोटपटकसमेत लागेको छ । लुक्ला प्रहरीले दिएको तथ्याङकअनुसार अहिले लुक्लामा १३६ जना विदेशी पर्यटक छन् । नेपाल सरकारले कोरना सङ्क्रमणको जोखीमलाई मध्यनजर राख्दै लक डाउन गरेपछि करिब ३०० पर्यटक खुम्बु क्षेत्रमानै अलपत्र परेका छन् । अलपत्र परेका पर्यटकलाई कुनैपनि स्वास्थ्य समस्या आएमा तत्काल हेलिकोप्टरमार्फत उद्धार गरी उपचार गर्नुपर्छ । यस क्षेत्रमा स्वास्थ्य व्यवस्था भरपर्दो नहुँदा विदेशी पर्यटक तथा उनीहरुका सहयोगीसमेतको थप उपचारको लागि हेलिकोप्टर कै प्रयोग गरी काठमाडौँ लाने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!