सोनु शर्मा

मंगलबार, भाद्र ११, २०८१ || 8871  पटक पढिएको

विराटनगर । विराटनगरस्थित जेएनएल फुटसलमा सम्पन्न भएको यू-१४ फुटसल टुर्नामेन्टको उपाधि डिपिएस एकेडेमीले जितेको छ। फाइनल खेलमा डिपिएस एकेडेमीले विराटनगर सिटी फुटबल क्लब (बिसीएफसी)लाई पेनाल्टी सुटआउटमा ३-२ गोलअन्तरले पराजित गर्दै विजेता बनेको हो।

निर्धारित समयभित्र दुवै टोलीले समान गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। पेनाल्टीमा उत्कृष्ट प्रदर्शन गर्दै डिपिएस एकेडेमीले नगद ५,००० रुपैयाँ, ट्रफी, र मेडल हात पार्यो। उपविजेता बिसीएफसीले नगद २,००० रुपैयाँ, ट्रफी, र मेडल जित्न सफल भयो।

प्रतियोगितामा ८ वटा टिमले सहभागीता जनाएका थिए, जसमा बिसीएफसी, रानी आँखा, डिपिएस एकेडेमी, जेएनएल, जनपथ एकेडेमी, नवयुवा क्लब, गोल्डेन स्टार जुनियर, र बुडीगंगा स्पोर्ट्स क्लब समावेश थिए।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षकको उपाधि अस्मिन बस्नेतले प्राप्त गरे भने सर्वोत्कृष्ट खेलाडीको उपाधि अमन दाँहाले जिते। कार्यक्रमका प्रमुख अतिथि, एन्फाका पूर्व उपाध्यक्ष सन्तोष बानियाले विजेता र उपविजेता टोलीलाई पुरस्कार वितरण गरे।

नेपालमा फुटसलको इतिहास नयाँ भए पनि यसले युवा फुटबलरहरूको पहिचान र विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै, जेएनएल फुटसलका सञ्चालक शुभाशिस कोइरालाको कामको प्रशंसा गरिएको छ। जेएनएल फुटसलले लामो समयदेखि खेलाडीहरूको विकासमा महत्वपूर्ण भूमिका खेलेको र यो स्थान युवाहरूको रोजाइमा पर्दै गएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!