हिपमत डटकम

शनिबार, भाद्र ०१, २०८१ || 9836  पटक पढिएको

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले औषधिको मूल्य समायोजन आवश्यक रहेको बताएका छन्।

शनिबार ललितपुरमा नेपाल औषधि व्यवसायीसंघको १९औं वार्षिक साधारण सभामा मन्त्री पौडेलले मूल्य समायोजन नगर्दा गलत प्रयोगकर्तालाई फाइदा र सही प्रयोगकर्तालाई समस्या भइरहेको बताएका छन्।

 

मन्त्री पौडेलले मूल्य समायोजन नगर्दा ठगी र महँगोको समस्या बढिरहेको उल्लेख गर्दै समायोजनको आवश्यकता औँल्याए। उनले स्वास्थ्य सेवालाई निःशुल्क र सबै नागरिकको पहुँचमा पुर्याउनका लागि स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने पनि स्पष्ट पारे।

 

साथै, मन्त्री पौडेलले बीमाको स्रोत सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै, चिनीजन्य र मदिराजन्य पदार्थमा लगाइएको करको धेरै हिस्सा बीमामा लगाउनुपर्ने सुझाव दिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!