विराटनगर। विश्व हिन्दू परिषद् युवा विभाग कटहरी-४ ले आज बोल बम शोभा यात्रा र कलश यात्रा निकालेको छ । यात्रामा करिब २०० जनाको सहभागिता रहेको थियो जसमा १०० जना महिला र १०० जना विश्व हिन्दू परिषद् नेपाल कटहरी-४ का स्वयंसेवकहरू रहेको आयोजनाले बताए।
विश्व हिन्दू परिषद् युवा विभाग कटहरी-४ का अध्यक्ष चिराग देवले यात्राको नेतृत्व गरेका थिए। उनले यस प्रकारको यात्रालाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाए।
विश्व हिन्दू परिषद् युवा विभागले आयोजना गरेको शोभा यात्रा र कलश यात्राले धार्मिक सद्भाव र एकतालाई प्रवर्द्धन गरेको छ। यसले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजलले बताए।