बिराटनगर। अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर मारवाडी युवा मञ्च विराटनगरले विराट बहिरा माध्यमिक विद्यालयलाई १० थान पंखा सहयोग गरेका छन् ।

नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको विद्यालय स्तरोन्नति कार्यक्रम अन्तर्गत विराटनगर महानगरपालिकाको वडा नं. ५ स्थित विराट बहिरा माध्यमिक विद्यालयमा अध्ययनरत २ सय भन्दा बढि विद्यार्थीहरूका लागि आवश्यक १० थान पंखा सहयोग गरेका छन् ।

नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका केन्द्रिय उपाध्यक्ष एवं मारवाडी युवा मञ्च विराटनगरका पूर्व अध्यक्ष तथा सल्लाहकार युवा उद्यमी गोपाल अग्रवाल, संगठनका केन्द्रिय सचिव एवं मारवाडी युवा मञ्च विराटनगरका कार्यवाहक अध्यक्ष मोहित लालवानी, मारवाडी युवा मञ्च विराटनगरका पूर्व अध्यक्ष एवं बरिष्ठ सल्लाहकार राजेश लखोटिया, सल्लाहकार विकास लालवानी र कुमुद गोयल, मञ्चका उपाध्यक्ष मोहित अग्रवाल, महासचिव धिरज शर्माले विराट बहिरा माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय प्रशासनलाई १० थान पंखा हस्तान्तरण गर्दै विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका थिए ।

विराट व्यापार संघका उपाध्यक्ष युवा व्यवसायी प्रविण अग्रवालले मारवाडी युवा मञ्च विराटनगरलाई १० थान पंखा सहयोग गरेका थिए । मारवाडी युवा मञ्च विराटनगरले प्रविण अग्रवालबाट सहयोग प्राप्त १० थान पंखा विराट बहिरा माध्यमिक विद्यालयलाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!