ग्रेसको राजधानी एथेन्स नजिकै ठूलो आगो लागेपछि हजारौँ मानिसहरूलाई आफ्नो घर छाडेर सुरक्षित स्थानमा जान भनिएको छ।
अग्निनियन्त्रण विभागका अनुसार, सोमवार बिहानको आगोका कारण एक बालअस्पताल र एक सैनिक स्वास्थ्य केन्द्रलाई खाली गराइएको छ। आगो नियन्त्रण गर्न ६७० जना अग्निनियन्त्रक परिचालित गरिएको अधिकारीहरूले बताएका छन्।