सोनु शर्मा

शुक्रबार, साउन २५, २०८१ || 4849  पटक पढिएको

विराटनगर।बिराटनगरमा लायन्स क्लबको पाँचौं चार्टर डे भव्य रूपमा सम्पन्न भएको छ। लायन्स क्लब अफ बिराटनगर एओनले लायन्स क्लब इन्टरनेशनलको नेपालमा पहिलो क्लबको ५३औं वार्षिकोत्सवको अवसरमा आफ्नो पाँचौं चार्टर डे समारोह मनाएको छ । यस विशेष अवसरमा, ‘स्वास्थ्यको लागि दौड’ भन्ने नाराका साथ “रन बिराटनगर रन” नामक खुला दौड प्रतियोगिता आयोजना गरियो।

दौड बिराटनगरको महेन्द्र चोकबाट सुरु भएर रोडशेष चोक, मेन रोड, ट्राफिक चोक हुँदै पुनः महेन्द्र चोकमा समापन भयो। प्रतियोगितामा विभिन्न उमेर समूहका सहभागीहरूले प्रतिस्पर्धा गरेका थिए, र प्रथम, द्वितीय, र तृतीय स्थान प्राप्त गर्नेलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो।

कार्यक्रमलाई सफल बनाउन लायन्स क्लबका पदाधिकारी र सदस्यहरूको महत्त्वपूर्ण भूमिका रहेको थियो। प्रमुख अतिथिहरूमा लायन्स क्लब इन्टरनेशनल, जिल्ला ३२५ सी का डिस्ट्रिक्ट गभर्नर लायन विकास अधिकारी PMJF, लायन इन्द्र खत्री राजन PMCC, जिल्ला क्याबिनेट सेक्रेटरी लायन उदय बराल, जिल्ला क्याबिनेट ट्रेजरर लायन रमेश खत्री, पारस अस्पतालका संस्थापक डा.सफिउर रहमान ,जोन चेयरपर्सन, रिजन चेयरपर्सन, एरिया कोर्डिनेटर लगायतका व्यक्तिहरूको उपस्थिति थियो।

कार्यक्रमको आयोजना गर्दा जिल्ला ट्राफिक कार्यालय मोरङको पूर्ण सहयोग प्राप्त भएको थियो। यो बिराटनगरमा आयोजित पहिलो खुला दौड प्रतियोगिता हो, जसले समाजमा स्वास्थ्यको महत्वबारे जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेलेको छ।

कार्यक्रमको समापनमा, क्लबका पदाधिकारीहरूले सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गर्ने प्रतिबद्धता जनाए। क्लबका अध्यक्षले समाजसेवा र स्वास्थ्य सम्बन्धी जनचेतना बढाउन यस्ता कार्यक्रमहरूको आवश्यकता औंल्याए।

लायन्स क्लब अफ बिराटनगर एओनले पाँचौं चार्टर डे र नेपालमा पहिलो लायन्स क्लबको ५३औं वार्षिकोत्सवलाई ऐतिहासिक क्षण मान्दै भविष्यमा अझ बढी समाजसेवी कार्यहरू गर्ने संकल्प व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!