हिपमत डटकम

बिहिबार, साउन २४, २०८१ || 13464  पटक पढिएको

अभिनेता रमित ढुङ्गानाको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।ट्रेलरमा एसिड आक्रमणका पीडितको पीडा र संघर्षलाई मर्मस्पर्शी रुपमा देखाइएको छ ।

सार्वजनिक ट्रेलरमा प्रधानमन्त्री ओलीले एसिड पीडितहरूलाई न्याय दिने प्रतिबद्धता जनाएको दृश्य समावेश छ । ट्रेलरमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल र सांसद ज्ञानेन्द्र शाहीले एसिड पीडितको आन्दोलनमा एक्यबद्धता जनाउँदै ‘एसिड आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउँछौं’ भन्ने संवाद समावेश छन् ।

कार्यक्रममा एसिड सर्भाइभरहरु मुस्कान खातुन,जेनी खड्का, रामराजा थापाको उपस्थिति रहेको थियो । एसिड आक्रमणमा परेकी मुस्कान खातुनले आफुले पाएको जस्तो दुख पिडा अरुलाई नपरोश भन्नको लागि यस चलचित्रले समाजमा राम्रो सन्देश दिने बताउनु भयो ।अर्की पिडित जेनी खड्काले हामीलाई समाजले हेर्ने नजर नै फरक भएको हुदा यस्तो नगर्न अनुरोध गरिन।

यता चलचित्रका निर्देशक रमित ढुङ्गानाले आफुले यो चलचित्र निर्माण गरेर अरु थप कोहि एसिड आक्रमणको सिकार बन्न नपरोस् भनेर निर्माण गरेको बताउनु भयो । चलचित्र निर्माण गर्दा कति पैसा खर्च भयो भन्दा पनि आत्मासन्तुष्टी मिलेको ढुंगानाले जानकारी दिनु भयो । निर्माता अमित ढुंगानाले ‘नमेटिने घाउ’ निर्माण गर्नुको फरक उदेश्य रहेको तथा चलचित्रले समाजमा सन्देश प्रवाह गर्ने विश्वास गर्नु भयो ।

चलचित्रले नेपालमा एसिड बिक्री-वितरण गर्न प्रतिबन्ध लगाउनुपर्ने आवाज सशक्त रुपमा उठाएको छ । चलचित्र भदौ ७ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुदैछ ।चलचित्र ‘नमेटिने घाउ’ एसिड सर्भाइभरहरुको वास्तविक जीवनीमा आधारित छ । चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटेर बनाइएको छ । चलचित्रमा शिवम् अधिकारीको कथा रहेको छ । लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर लेखेका हुन् ।

चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी ,आरजु लेखक लगायतको अभिनय रहेको छ । चलचित्रमा सुरवीर पण्डित, सुनिल कटुवाल पुराना अनुहार रहने छ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरूको अभिनय रहेको छ।

चलचित्रमा प्रहरी उपरीक्षकद्वय बाल नर्सिहॅ राणा र कुमुद ढुगेल, प्रहरी निरीक्षक जे,आर शर्मा लगायत दुई सय भन्दा बढी प्रहरीको अभिनय रहेको छ।रमित ढुङ्गाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा नीरज कँडेलको छायाङ्कन, बनिश शाहको सम्पादन,ओम सुनारको गायक तथा सङ्गीत र किरण दाहालको एक्सन रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!