विराटनगर। विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा कम भन्सार राजस्व असुली गरेको छ । कार्यालयले ५० अर्ब ८१ करोड रुपैयाँ भन्सार राजस्व असुली गर्ने लक्ष्य राखेकोमा ३० अर्ब ३४ करोड रुपैयाँ मात्रै असुली गर्न सफल भएको छ ।

यो लक्ष्यको तुलनामा ५९.७१ प्रतिशत मात्रै भन्सार राजस्व असुली भएको हो । विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालका अनुसार, पछिल्लो समय देशमा देखिएको चरम आर्थिक मन्दीका कारण भन्सार राजस्व असुलीमा कमी आएको छ ।

उनका अनुसार, खाने, लगाउने उमेर समूहका युवाहरु विदेशिएपछि नेपालमा आयात हुने तथा उत्पादित हुने वस्तुहरुको खपत घटेको छ । यसका कारण व्यापार घट्दा भन्सार कार्यालयको राजस्व असुलीमा प्रत्यक्ष असर परेको छ ।

यसैबीच, नेपाल सरकारले आर्थिक वर्ष २०८०/८१ मा १० खर्ब ५८ अर्ब ७९ करोड रुपैयाँ राजस्व असुली गरेको छ । सरकारले १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य राखेकोमा लक्ष्य भन्दा कम राजस्व असुली भएको छ ।

यद्यपि, सरकारले अघिल्लो वर्षको तुलनामा १०.६१ प्रतिशतले बढी राजस्व असुली गर्न सफल भएको छ । भन्सार विभागले भने आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यको तुलनामा ६६.६७ प्रतिशत मात्रै राजस्व असुली गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!