झापा । मोरङ र झापाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले विराटनगर(१६ स्थितमा चेकजाँचको क्रममा को। १९ प ८५९२ नम्बरको मोटरसाईकलमा सवार मोरङ सुन्दरहरैचा नगरपालिका(५ का २५ बर्षीय अभिषेक चौधरी र सुन्दरहरैचा(४ का ३० बर्षीय उज्वल सापकोटालाई ३ ग्राम २४ मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो ।
यसैगरी झापाको अस्थायी प्रहरी पोष्ट नयाँबसपार्क बिर्तामोडको प्रहरी टोलीले सिन्धुलीका २८ बर्षीय धन बहादुर बस्नेतलाई ३ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर सहित र मेचीनगर(६ धाईजनका ३० बर्षीय सोनु तामाङ र २८ बर्षीय शुरेश गुरुङलाई १ ग्राम ८७० मिलिग्राम ब्राउनसुगर सहित इलाका प्रहरी कार्यालय धुलावारी र लागुऔषध नियन्त्रण ब्युरो काकँडभिट्टाको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
यसैगरी इलाका प्रहरी कार्यालय कुमरखोद झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा प्र।१(०१(०१५ प ७८०८ नम्बरको स्कुटरमा सवार कमल गाँउपालिका(१ का २९ बर्षीय मौसम लिम्बु र ३६ बर्षीया सर्मिला राईलाई ५ ग्राम ५३० मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भई रहेको छ ।