मंगलबार, चैत्र ११, २०७६ || 750  पटक पढिएको

प्रदेश नं १ सरकारले कोभिड–१९ को सम्भावित संक्रमण नियन्त्रण तथा रोकथामका लागि रु १० करोडको कोष खडा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले जनसुरक्षा कोष खडा गर्नुका साथै उक्त कोषमा प्रदेश सरकारका तर्फबाट रु १० करोड रकमजम्मा गरेको छ । उक्त कोषमा मुख्यमन्त्रीसहित मन्त्री र राज्यमन्त्रीले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको छ । मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोरोना सूचना कक्ष स्थापना गर्ने निर्णय भएको छ । साथै सबै मन्त्रालयमा एक जना अधिकृतस्तरको कर्मचारीलाई कोरोना ‘फोकल पर्सन’ तोक्ने र उनीहरुले प्रत्येक दिन कोरोनासम्बन्धी सूचना उपलब्ध गराउने जनाइएको छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!