सिरहाको बरियारपट्टी गाउँपालिकामा मङ्गलबार आपत्तकालिन बिपद ब्यबस्थापन समितिको बैठक सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष सन्तोष कुमार महतोको अनुसार बैठकमा कोरोनाबाट बँच्न उच्च सतर्कताका साथ बरियारपट्टी नाकामा कडा कदम चालिने निर्णय गरेको जनाईएको छ ।बरियारपट्टी गाउँपालिका वडा नम्बर –३ मा रहेको श्री जनता नमुना माध्यमिक विद्यालय प्रबिधिक धारमा क्वाराईन्टाईन राख्ने निर्णय गरेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राम नरायण सिंहले जानकारी दिनुभएको छ । आज दिउँसो निर्णय गरी बेलुका अबेरसम्ममा क्वाराईन्टाईन बनाई भारतको बिभिन्न ठाउँबाट नेपाल भित्रिएको नौ जनालाई र अरू आउनेहरुलाई केही दिन सम्म क्वाराईन्टाईन डक्टरको निगरानीमा राख्नुको साथै कसैमा करोनाको संक्रमण देखिएमा यहाँ सम्भव नभएमा बाहिर पठाउने निर्णय गरिएको गाउँपालिका श्रोतले जनाएको छ । बरियारपट्टी गाउँपालिकाको ५ वटै वडामा वडा अध्यक्षको संयोजकमा टोल टोलमा कोरोना भाईरस सम्बन्धी जनचेतना दिनका लागी समिति बनाउने , पर्चा पम्पलेट तथा माईकिङ्ग गर्ने , भगवानपुर गाउँपालिकाका सम्पुर्ण घरधुरीलाई,माक्स, सेनिटाइजर र साबुन बितरण गर्ने समेत निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार सिंहले बताएको छ। बैठकमा श्री जनता नमुना माध्यमिक विद्यालय प्रबिधिक धारका प्रध्यानाध्यापक बिरबल यादव, गाउँपालिका उपाध्यक्ष रेखा देबि यादब , शस्त्र प्रहरी बल बरियारपट्टीका प्रमुख ,नेपाल प्रहरी बरियारपट्टीका प्रमुख, प्रत्येक वडाका वडा अध्यक्ष , कार्यपालिका सदस्य , समाजसेबी , बुद्धीजिबि लगायत स्वास्थ्यकर्मी , कर्मचारीहरुको सहभागिता रहेको थियो ।