बीरेन्द्रकुमार साह

बुधबार, जेठ १६, २०८१ || 3031  पटक पढिएको

बिराटनगर । बिराटनगरको पारस हस्पिटलले गाउँ गाउँमा पुगेर आफ्नो सेवा प्रदान गरिरहेको छ । बिभिन्न संघ संस्थाहरुको सहकार्यमा पारस हस्पिटलले कोशी प्रदेशको मोरङ ,सुनसरी ,झापा त्यस्तै मधेश प्रदेशको सिरहा ,सप्तरी लगायतको जिल्लाहरुमा नि :शुल्क स्वास्थ्य शिविरको आयोजना गरेर आफ्नो सेवा गाउँमा गरिब ,किसानहरुलाई प्रदान गरिरहेको छ ।

हजारौ मानिसहरुले पारस हस्पिटलको यो अभियानबाट लाभ लिसकेको हस्पिटलका प्रमुख कार्यकारी अधिकृत हेम नारायण मेहताले बताए । “हामिले एक बर्षभित्र करिब १५ देखि २० हजार मानिसहरुलाई निशुल्क स्वास्थ्य शिविर मार्फत सेवा दिएका छौ र आगामि दिनहरुमा यसको संख्या अझै बढाएर लग्ने छौ ।” हेमाताले बताए।

पारस हस्पिटलको नि:शुल्क स्वास्थ्य शिविरका कारण कयौ बिरामिले आफ्नो नि:शुल्क रुपमा उपचार गराउन सफल भए भने धेरैजनाले सहुलियत दरमा आफ्नो उपचार पारस हस्पिटलमा गरेको पारस हस्पिटलका संचालक गोल्ड मेडलिष्ट डाक्टर सफिउर रहमानले बताए ।

अहिले पारस हस्पिटलमा बिरामिको भिड निकै लाग्ने गरेको छ । कोशी प्रदेश ,मधेश प्रदेश र भारतको बिहार तथा उत्तर प्रदेशबाट पनि बिरामिहरु पारस हस्पिटलमा उपचार गराउन आउने गरेको अस्पताल प्रशासनले जानकारी दिए ।

“भारतको बिहार राज्यबाट त अधिकांश बिरामिहरु हाम्रो पारस हस्पिटलबाट सेवा लिएर सन्तुष्ट भएर जानु भएको छ रहमानले बताए। अब नेपाली बिरामिहरु भारत होईन भारतका बिरामिहरु नेपालमा उपचार गराउन आउने वातावरण हामिले बनाएका छौ,बिरामिहरुको बिश्वास जितेका छौ र हाम्रो सेवालाई पनि बिस्तार गर्दै उत्कृष्ट बनाएर लाने छौ डाक्टर रहमानले बताए ।”

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!