हिपमत डटकम

शनिबार, जेठ १२, २०८१ || 24931  पटक पढिएको

बिराटनगर  ।  ‘कोशी चलचित्र महोत्सव २०८१’को अन्तिम दिन एक विशेष कार्यक्रमकाबीच सम्मान प्रदान गरिएको हो । कार्यक्रममा चलचित्र विकास बोर्डका पुर्व अध्यक्ष तथा निर्माता राजकुमार, कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्देशक नविन सुब्बा, निर्माता छबिराज ओझा, पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठ, कलाकार निर्देशक रमेश बुढाथोकी, रंगपत्रकार प्रकाश सुवेदीलाई पनि ‘विशेष योगदान सम्मान २०८१’ प्रदान गरियो ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारी, महोत्सवका संयोजक तथा चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुण कुमार प्रधान लगायतले सम्मानित सबैलाई दोसल्ला, खाँदा सहित प्रमाण पत्रले सम्मान गरे ।

सोही अवसरमा बरिष्ठ कलाकार तथा निर्देशक लक्ष्मीनाथ शर्मालाई ‘लाइफटाइभ अचीवमेन्ट सम्मान २०८१’ प्रदान गरिएको थियो । चलचित्रकर्मी कुबेर शर्मा, चिरञ्जिवी बस्नेत, केशव रायमाझी, सबुरलाल चौधरी, लाखमान योजन, सुमित खड्का, गायक श्रीकृष्ण लुईटेल, विरेन्द्र झा, विपिन प्रसाई, सुवास मेचे, प्रेम देवानलगायतले ‘प्रादेशिक सम्मान’ प्राप्त गरे ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशको आयोजनामा सिटीपार्टी प्यालेसमा आयोजित कार्यक्रममा चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष रबिन्द्र खड्का, चलचित्र बिकनस बोडका पुर्व अध्यक्ष राजकुमार राई, चलचित्रकलाकार संघका अध्यक्ष मोहन निरौला चलचित्र पत्रकार संघका केन्द्रीय उपाअध्यक्ष कुबेर गिरी, निर्माता संघका कोषाध्यक्ष ज्योतीराज राईलगायत बिभिन्न क्षेत्रका थुप्रै ब्यक्तिहरुको सहभागी रहेको थियो ।

कोशी प्रदेशमा चलचित्रको गतिबिधि बढाउदै त्यहाँ बनेको चलचित्रको प्रवन्र्धन गर्ने उदेश्यले आयोजित महोत्सवमा ४४ छोटो तथा फिचर गरेर ४४ फिल्मको सहभागीता थियो । प्रदेशमै पहिलो पटक आयोजना भएको महोत्सव भएकोले सहभागी सबै फिल्मकर्मीलाई अवार्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीले कोशी प्रदेशलाई चिनाउन चलचित्र महोत्सवले महोत्वुर्ण भुमिका खेल्ने बताए । उनले चलचित्र महोत्सवलाई आगामी दिन पनि निरन्तरता दिनुपर्ने धारण राखे ।

कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कार्कीले उद्घाटन गरेसँगै सुरु भएको महोत्सवमा कोशी प्रदेशमा चलचित्र निर्माण, विश्वबजारमा नेपाली चलचित्र, नेपाली चलचित्रमा महिला भन्ने बिषयमा दिनेश डिसी, नवल खड्का, नविन सुब्बा, सुचित्रा श्रेष्ठ र संगीता श्रेष्ठ लगायत बक्ता रहेको अन्तक्र्रिया समेत आयोजना भएको थियो ।

६ दिन कोशी प्रदेशका बिभिन्न स्थानमा चलचित्र प्रदर्शन गरिएको महोत्सव कोशी प्रदेशलाई चलचित्र हव बनाउने र यहाँका चलचित्रको प्रचार प्रसार गर्दै चलचित्रकर्मीलाई प्रोत्सान गर्ने उदेश्यले आयोजना गरिएको आयोजक चलचित्रकर्मी महासंघका अध्यक्ष अरुण प्रधानले बताए । आगामी दिनमा पनि यस्ता महोत्सव निरन्तर आयोजना गर्दै जाने उनले सुनाए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!