रबिन्द्र बराल

सोमबार, जेठ ०७, २०८१ || 8692  पटक पढिएको

माेरङमा बैशाख १ गते सुनवर्सि थान देखि सुरु भएको सिरुवामेला चन्डि पुर्णिया काे दिन श्री संसारी माई मन्दिरमा मेला लागेर यस बर्ष काे मेला सम्पन्न हुदै छ । रंगेली नगरपालिका ७ मा अवस्थित श्री संसारी माई मन्दिर पुर्वाञ्चलकै ऐतिहासीक धार्मिक एवम् संस्कृति महत्व बाेकेकाे प्रसिद्ध धार्मिक स्थल मा चन्डि पुर्णिमाकाे अवसर मा प्रत्येक बर्ष विशेष पुजा आजा सहित यस बर्षकाे अन्तिम मेला लाग्ने तयारी भईरहेकाे छ बिराटनगर देखि २२ किलोमिटर पुर्वमा रहेको रंगेली ७ मा अवस्थित चिसाङ खाेलाकाे बगरमा उक्त मन्दिर रहेको छ । राणा काल भन्दा अगाडि देखि साे स्थानमा माता देवी बासस्थान समेत रहेको धार्मिक बिश्वास रहेको छ।

हरेक बर्ष उक्त मन्दिरमा चन्डि पुर्णिमाकाे दिन विशेष पुजाका हुनुका साथै उक्त दिन मोरङ ,सुनसरी, झापा तथा भारतको विभिन्न स्थानहरूबाट समेत भक्तजनहरू मेला भर्ने उल्लेखित सहभागिता हुने गरेको छ।मन्दिर व्यवस्थापन समिति का अध्यक्ष संन्जिव श्रेष्ठ का अनुसार चन्डि पुर्णिमाका दिन उक्त मन्दिरमा देविलाई विशेष सिङगार का साथ विशेष पुजा गर्नेका लागि पुरेहित द्वारा बिधिवत रुपमा पुजा आजा गरेर उक दिन मेला काे समेत आयोजना हुँदै आईरहेकाे छ ।

मन्दिरमा आफू ले चाहेको मनकामना पूरा गर्ने भक्तजन हरुकाे ठुलाे घुईचाे लाग्ने गरेको छ । भाकल गरेको ९० दिन भित्र मनाेकामना पूरा हुने गरेको जनबिस्वास रहेको छ । उक्त साे मन्दिरमा अहिले विशेष गरि शनिबार र मंगलवार विशेष भक्तजन हरु ले बलि चडाउने गर्दे आईरहेका छन । प्रत्येक शनिबार २ सय भन्दा बडि बलि चडदै आईरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!