हरेक क्षण सघर्ष गर्ने नारी ।
आफनै कर्मको सघर्ष गर्न भूल्छिन ।
श्रीमान, सासु, ससुरा, सन्तान र समाज सवैको काध उनी बन्छिन ।
बेदना र छटपटिले भावनामा आगो लाग्दा काध दिने कोही हुन्न भन्छिन ।
पिढा र दुःख सहेर जन्माएर हुर्काएका सन्तान आफ्नो नहुने ।
तर समाजमा पहिचान परिचय र थर चाही अरुको हुने ।
गाँस, बाँस, पिर, सुख, रोग व्याध अर्काको लागि सधै लड्ने ।
उजेली बनाउने नारीको आफनै मन कति पिडित अनि मायाको प्यासो हुने ।
मानाभरी पकाएर अरुलाई खुवाउदा हासेर रमाउछिन् उनी ।
त्यही रित्तो भाडामा मात्र दुई दाना अन्नकोे हैसियत हुन्छ जानी ।
दलिएर पिलिएर काम गर्ने नोकर्नी झै हुँदा ।
पाँच दिन नछुने हुँदा छाउपढीको बास हुन्छ ।
व्यथा र कष्ट भोगी सन्तानको जन्म दिदा ।
त्यसमा पनि छोरी जन्माउदा लान्छन र सरापले जिउदै मरे झै लाश हुन्छ ।
छोरी मात्र भए पछि पटक पटक छोरा नहुदा श्रीमान्को दवाव ।
समाजमा मुख देखाउन सकिन भन्दै रिसाउछन् भन्छन छैन समाजमा रवाफ ।
त्यसपछि छोरो चाहिने दृढतामा कुटपिट सहनु पर्छ ।
परिवारको दवाव अनि सौताको आगमनले अझै मन मरेर जान्छ ।
आफु बाझो, आफु गरिव दाईजो नहुदा छैन केही ।
पैसा र धनको मुखले नपस्किदा त परिवारमा छैन केही इज्जत ।
अझ अग्नीमा जलाउने मार्ने काट्ने र छटपट्याईको मरण हासिल गर्नु पर्ने ।
घरमा आफ्नी छोरी चाँही प्यारी हुने अर्काकी छोरी चाही अलच्छिना हुनु पर्ने ।
ज्वाइले छोरीलाई माया गरे आहा हुने, छोरोले बुहारीलाई माया गरे डाहा हुने ।
थुक्क ! नारी भएर अहिले जति नै अधिकार र हकका लागि लडे पनि ।
प्रत्येक नारी गाउँका झुपडी देखी लिएर महलका रानी सम्मलाई दवाव नै छ, तनाव नै छ, पिढा नै छ, ।
त्यसैले त “कैद नै छन् आज पनि नारीहरु पिञ्जडामा” । श्रेया विष्ट