हिपमत डटकम

शुक्रबार, जेठ ०४, २०८१ || 10363  पटक पढिएको

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगितामा विराटनगरको वाइआरसिसी र भारत विहारको कटिहार क्रिकेट क्लब सेमिफाइनलमा पुगेको छ ।विराटनगरले सुनसरी क्रिकेट क्बललाई २२२ रनको फराकिलो अन्तर र कटिहारले दिल्ली क्रिकेट क्लबलाई ३० रनले हराउँदै दुवै टिम सेमिफाइनलमा पुगेको हो ।

विराटनगर जुटमिलको खेलमैदानमा शुक्रबार भएको पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाइ ३१४ रन बनाएको हो । विराटनगरका अभिषेक पाठकले आक्रमक ब्याटिङ गर्दै सतक कटाएपछि वाइआरसिसीले जितेको छ । अभिषेकले ६२ बलमा अविजित १७७ रनको योगदान दिए । उनले २० छक्का र ११ चौका हिर्काए । अहिलेसम्म भएको मिल्स क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा उनी रहेका छन् ।

जसमा विराटनगरका ओपनर देव खनाल १० बलमा ३१ रन मात्रै बनाएर अलआउट भए । यसअघिको खेलमा उनले ३० बलमा सतक कटाएका थिए । त्यसैगरी इमरान नजिरले १७ बलमा ३६ रन पारी खेल्दा सन्दिप खत्रीले ९ बलमा ३५ रनको योगदान दिए ।
सुनसरीका समिर तिम्सिना र भुपाल लुईटेलले समान २ –२ विकेट लिए । सोनु मण्डल र गौरव कटुवालले समान १–१ विकेट लिए ।

विराटनगरले दिएको ३१४ रनको विशाल लक्ष्य पछ्याएको सुनसरीले १६.३ ओभरमा सबै विकेट गुमाइ ९१ रन मात्रै बनाउन सक्यो । सुनसरीका सोनु मण्डलले २२ बलमा २५ रन, आकाश सर्राफले १५ रन र सुमन गतराजले १३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंक ल्याउन सकेनन् ।

विराटनगरका बलर बिपिन खत्री, शोजराज भट्ट र नारायण जोशीले समान २–२ विकेट लिए ।पहिलो खेलको प्लेर अफ द म्याच अभिषेक पाठक घोषित भए ।कटिहारले १९.१ ओभरमा सबै विकेट गुमाइ १६५ रन बनाएको हो । कटिहारका मयङ्कले १५ बलमा ३२ रन पारी खेल्दा करन कुमारले २७ बलमा ३१ रन बनाए । एजमल राजले १४ रन, अभिषेक कुमारले ११ रन बनाए ।दिल्लीका निरु र शिवम किशोरले समान ३–३ विकेट लिए । विकास र सन्दिपले समान २ –२ विकेट लिए ।

कटिहारले दिएको १६६ रनको विजय लक्ष्य पछ्याएको दिल्लीले १८.५ ओभरमा सबै विकेट गुमाइ १३५ रन मात्रै बनायो । जसमा दिल्लीका सत्यजित राउतले ३१, विकास लोहीले २७ रन बनाउदा विराट कार्कीले २५ रनको योगदान दिए ।
कटिहारका कुलदिप आलमले ३.५ ओभरमा २० रन खर्चेर ५ विकेट लिए । कसिलो बलिङ गर्ने उनी प्लेर अफ द म्याच घोषित भए । भानु आन्नदले ४ ओभरमा १९ रन खर्चेर ३ रन बनाए ।
शनिबारको पहिलो सेमिफाइनल खेल विराटनगरको वाइआरसीसी र एनबीएससी क्रिकेट क्लबबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!