विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगितामा विराटनगरको एनबीएससी र होराइजन क्रिकेट क्लब सेमिफाइनलमा पुगेको छ ।विराटनगर जुट मिलको खेलमैदानमा बिहीबार भएको पहिलो क्वाटरफाइनल खेलमा एनबीएससीले जोगवनीको प्रशान्त क्रिकेट क्लबलाई १३४ रनले र होराइजनले पटना क्रिकेट क्बललाई ४ विकेटले हराउँदै दुवै टिम सेमिफाइनलमा पुगेको हो ।
एनबीएससीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई २०२ रन बनाएको हो । विराटनगरका अनुभव श्रीवास्तव र राहुल चौधरीले अर्धसतक पूरा गरे । अनुभवले ४१ बलमा ६ छक्का र ६ चौका हिर्काउँदै ६६ रन बनाए । राहुलले ३१ बलमा ५ छक्का र ६ चौका हिर्काउँदै ६० रन बनाए । राहुल प्लेर अफ द म्याच घोषित भए ।
त्यसैगरी कुनल किशोरले २९ रन पारी खेल्दा रिसप रन्जनले २४ रनको योगदान दिए ।जोगवनीका आशिक राजाले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट र उत्तम यादवले २ विकेट लिए ।विराटनगरले दिएको २०३ रनको विशाल छक्ष्य पछ्याएको जोगवनीले १३.३ ओभरमा सबै विकेट गुमाइ ६९ रन मात्रै बनाउन सक्यो । जोगवनीका राजा बाबुले ९ बलमा २४ रन बनाउँदा उत्तम यादवले १७ रन जोड । जोगवनीका अन्य ब्याटमेनले दोहोरो अंक ल्याउन सकेनन् ।
विराटनगरका खेलाडी अदित्य झा र राहुलले कसिलो बलिङ गरे । अदित्यले ४ ओभरमा १३ रन खर्चेर ४ विकेट र राहुलले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए ।
होराइजन सेमिमा
पटनाले दिएको १७६ रनको लक्ष्य होराइजनले १८.२ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको हो । होराइजनको जितमा सुजन थपलियाले २८ बलमा ४६ रन पारी खेल्दा ४ छक्का र ३ चौका र्हिकाए । मनिष थापाले ४२ रनको योगदान दिदा दिपकले अविजित २५ बलमा ३८ रन बनाए । उनी खेलको म्यान अफ द म्याच पनि घोषित भए ।
पटनाका सहि आनन्दले २, रन्जि कुमार आशिष कुमारले समान १–१ विकेट लिए ।
त्यसअघि विराटनगर जुटमिल मैदानमा टस जितेर पहिलो ब्याटिङ थालेको पटनाले १९.२ ओभरमा सबै विकेट गुमाइ १७६ रन बनाएको थियो । जसमा पटनाका अंकुस राजले अर्धसतक पुरा गरि २६ बलमा ७४ रन बनाए । उनले ६ छक्का र ९ चौका हिर्काए । नन्द किशोरले अविजित ४३ रन बनाए । गोपी कृष्णले २० रन बनाउँदा पटनाका अरु ब्याटमेनले दोहोरो अंक जोडन सकेनन ।
विराटनगरका श्रवण किस्कु र दिपेश केन्डलले समान ३–३ विकेट लिए । सन्तोष कार्कीले २ र प्रतिक पोखरेलले १ विकेट लिए ।
शुक्रबारको पहिलो खेल वाइआरससी क्रिकेट क्लब विराटनगर र सुनसरी क्रिकेट क्बल तथा सोही दिन दोस्रो खेल दिल्ली र कटियार क्रिकेट क्लब बिच हुने खेल तालिका छ ।